काठमाडौँ । हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई उक्त पदमा नियुक्त गर्यो । सरकारको यस निर्णयपछि देशको सार्वजनिक र राजनीतिक वृत्तमा नयाँ तरङ्ग उत्पन्न भएको छ ।
यसैबीच, यो निर्णयको करिब २४ घण्टा हुन लाग्दा पनि सरकारबाट घिसिङलाई बर्खास्ती र शाक्यलाई नियुक्तिकाे पत्र पुगेको छैन । सरकारी स्रोतका अनुसार मुख्यसचिवले मन्त्रिपरिषद्को निर्णय प्रमाणित गर्न ढिलाइ गरिदिनाले घिसिङ र शाक्यलाई पत्र नपुगेको हो ।
मन्त्रिपरिषद्को निर्णय मुख्यसचिवले प्रमाणित गरेर मन्त्रालयमा पठाएपछि कार्यान्वयनमा जाने व्यवस्था छ ।
बर्खास्तीको पत्र नपाए पनि घिसिङ आज प्राधिकरण गएनन् । उनी पत्र पाएलगत्तै कानुनी उपचारका लागि अदालत जाने तयारीमा छन् ।
FACEBOOK COMMENTS