काठमाडौं । कुमारी बैङ्क लिमिटेडले आफ्नो एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा मास्टर कार्ड स्वीकार गर्ने भएको छ ।
डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै ग्राहकहरूलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ यो सुविधा नेपालभर कुमारी बैङ्कका सम्पूर्ण एटीएम तथा पीओएस टर्मिनलहरूमा उपलब्ध हुनेछ । यो सुविधाबाट मास्टर कार्ड प्रयोगकर्ताहरूले कुमारी बैङ्कको एटीएममार्फत रकम झिक्न र पीओएस टर्मिनलमार्फत खरिद भुक्तानी गर्न सहज हुने साथै यसले व्यापारीहरूलाई पनि लाभ हुने विश्वास बैङ्कले लिएको छ । बैङ्कले आफ्नो सेवाको दायरालाई विस्तार गर्दै डिजिटल नेपालको अभियानमा विद्युतीय कारोबारमार्फत थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
विगत २४ वर्षदेखि निरन्तर बैङ्किङ सेवा दिंदै आएको कुमारी बैङ्कले अनवरत रुपमा विद्युतीय कारोबारमार्फत बैङ्किङ सेवालाई बढी प्राथमिकता दिई आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्शन काउन्टर तथा ५४ शाखारहित बैङ्किङ इकाइहरूमार्फत आफ्ना ग्राहकलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS