काठमाण्डौ । नेपालमा सम्पत्ति शुद्धीकरण विरोधी तथा आतंकवादको वित्तपोषणको प्रतिरोध सम्बन्धी परामर्श सेवामा विशेषीकृत एकमात्र संस्था कुमारी क्यापिटल लिमिटेडका कर्मचारीहरूका लागि धितोपत्र बजार केन्द्रित एकदिने एएमएल/सीएफटीतालिम कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त तालिम कार्यक्रमको मुख्य उद्देश्य धितोपत्र बजार, विशेषगरी मर्चेन्ट बैंकिङ व्यवसायमा एएमएल/सीएफटीसम्बन्धी व्यावहारिक ज्ञान, नियामकीय दायित्व तथा अनुपालन क्षमताको अभिवृद्धि गर्नु रहेको थियो।
कार्यक्रममा अन्तर्राष्ट्रिय एएमएल/सीएफटीअवधारणा, नेपालको कानुनी तथा नियामकीय व्यवस्था, धितोपत्र बोर्ड नेपाल सेबोनका निर्देशनअनुसार बजार मध्यस्थकर्ताहरूको भूमिका तथा जिम्मेवारी, साथै मर्चेन्ट बैंकरहरूको व्यावहारिक अनुपालन अपेक्षा लगायतका विषयमा विस्तृत प्रस्तुति गरिएको थियो ।
तालिमको सहजीकरण विज्ञद्वय श्रीधर अधिकारी तथा लेखनाथ प्रोखरेलले गरेका थिए । कार्यक्रममा कुमारी क्यापिटलका कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो भने सहभागीहरूले नेपाली धितोपत्र बजारमा देखिएका वास्तविक अनुपालन चुनौतीहरू तथा उत्कृष्ट अभ्यासबारे सक्रिय छलफल गरेका थिए ।