काठमाडौं । नेपाल उद्योग बाणिज्य संघ काठमाडौँ आयोजनामा बिश्व लगानीकर्ता सप्ताह २०२४ मनाइएको छ। राजधानीमा भएको एक कार्यक्रममा नेपाल धितोपत्र बोर्ड,नेपाल स्टक एक्सचेन्जको पदाधिकारीको उपस्थितिमा कार्यक्रम मनाइएको हो।

कार्यक्रममा बोल्दै नेपाल उधोग बाणिज्य संघ काठमाडौ अध्यक्ष दिनेश श्रेष्ठले लगानीकर्ताको शिक्षा २०१७ सालदेखि अन्तर्राष्ट्रिय लगानी शिक्षा सम्मेलनबाटै बिश्वभरी सुसूचित गर्ने काम गरेको बताए। यो पटक विभिन्न संघ संस्थाहरुले यो सप्ताहलाई भब्यताका पुर्बक कार्यक्रम भइरहेको उनको भनाइ छ।

अहिले ठुला लगानीकर्ताले साना लगानीकर्तालाइ अप्ठ्यारो पार्ने क्रम बढ्दो छ त्यो भनेको लगानीकर्ता शिक्षाको अभावले यातो भएको श्रेष्ठले बताए।उनले भने,कसैले कामाउने कसैले गुमाउँछ्न, तर यो बजार भनेको कमाउन जान्ने हो,त्यसलाइ सिकाइ अपरिहार्य चाहिन्छ,अल्पज्ञानले नाफा कमाउन सकिन्न।’



त्यस्तै, उधोग बाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठले लगानीको बास्तबिक शिक्षाबाटै संभावना भएको बताए। त्यस्तै कार्यक्रममा बोल्दै,सरकृष्ण बैधले धितोपत्र बोर्डलाइ अझ बढी प्रभावकारी बनाउनु पर्ने बताए उनले भने, ‘बजारमा आउन सक्ने नकारात्मक हल्लालाई नियमन गर्ने,वास्तविक सूचना दिनु पर्छ,नभए,लगानीकर्ताहरु दुर्घटनामा पर्न सक्छन् ।’


नेपालको आर्थिक सुधार हुन नसकेको अबस्थामा पुँजीबजारलाइ पनि सुधार गरेर लानु पर्ने बताए। उनले भने, ‘अब ६३लाख लगानीकर्ताहरुबाट १करोड लगानीकर्ता पुर्याउने हाम्रो लक्ष्य रहेको छ।’ ब्यापारीलेमात्र सेयर कारोबार गर्छन् भन्ने होइन,प्रधानमन्त्रीले पनि सेयर कारोबार गर्नु पर्ने उनको भनाइ छ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बरालले यो लगानीकर्ता सप्ताह सातैवटा प्रदेशमा मनाउने तयारी रहेको बताए। धितोपत्र सम्बन्धि ऐन पारित हुने एसेमीप्लेटफर्म कार्यन्वयन हुने तयारी रहेको बताए । उनले भने, ‘पुँजी बजारको छेत्रमा प्रबिधिले फड्को मारेको बताए।उनले भने,ूहिजोको दिनमा लाइन लागेर आइपीओ भर्न पर्थ्यो आज त्यो अबस्था हटेको छ।’
आइपीओको काम सक्ने चरण रहेको छ,नयाँ बित्तिय विवरण अनुसार अपडेट गर्नु पर्ने भएकाले ढिला भएको हो,अब सकिने तयारीमा रहेको उनले बताए। नेप्सेको पुनर्संरचना,सिडिएसीलाइ प्रभावकारी बनाउने काम अघि बढेको उनले बताए। उनले भने,‘ हाम्रो बजारको मुल्य कुनै ठुला लगानीकर्ताले हातले निर्धारण गर्नु हुँदैन।’