काठमाडौं । लक्ष्मी बैंकको खुद नाफा ३३.३१ प्रतिशतले घटेको छ ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आबको तेस्रो त्रैमाससम्मको तुलनामा ३३।३१ प्रतिशतले घटेको हो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ८५ करोड ८९ लाख रुपैयाँ खुद नाफा गरेको छ भने गत आबको सोही अवधिमा बैंकले १ अर्ब २८ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ १५ पैसा घटेर ९।९१ रुपैयाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ८.६३ प्रतिशतले बढेको छ । चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ८९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५।५२ गुणा रहेको छ ।
समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेर ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोष २१।९६ प्रतिशत घटेर ४ अर्ब ८३ करोड ९२ लाख ५४ हजार रुपैयाँमा सीमित भएको हो ।
बैंकको निक्षेप १८।०३ प्रतिशतले बढेर १ खर्ब ३५ अर्ब २६ करोड ९४ लाख ४७ हजार रुपैयाँ र कर्जा लगानी २२.५४ प्रतिशतले बढेर १ खर्ब २८ अर्ब ९२ करोड ५६ लाख ९३ हजार रुपैयाँ कायम भएको छ ।
FACEBOOK COMMENTS