काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ बचत योजना ‘महालक्ष्मी बचत बृद्धी ‘ खाता सार्वजनिक गरेको छ ।
मात्र रु. ५१ मै खाता खोल्न मिल्ने ‘महालक्ष्मी बचत बृद्धी खाता’ मा दैनिक मौज्दातमा ८.५५ प्रतिशत व्याज गणना गरी मासिक रूपमा भुक्तानी गरिन बैंकले जनाएको छ । बैंकका अनुसार यस योजना अन्तगर्त खाता खोल्ने गा्रहकले रु पाँच लाखको दुर्घटना मृत्यु ,निःशुल्क मोबाईल बैंकिङ सुविधा, निःशुल्क अनलाइन बैंकिङ सुविधा,निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५०% छुट, निःशुल्क मेरो सेयर सिआस्वा तथा निःशुल्क डिम्याट खाता जस्ता आकर्षक सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।
विगत देखिनै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहक महानुभावहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षलाई मध्यनजर गर्दै महालक्ष्मी बचत बृद्घी खाता संचालनमा ल्याएको हो । देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ । बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS