काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘मलाई हार्न दिदैन’ सार्वजनिक भएको छ ।
नयाँ वर्ष २०८२ को पहिलो दिन सार्वजनिक गरिएको गीतको भिडियोमा अञ्जु पन्त र चेतन चुडालको स्वर, अर्जुन पोख्रेलको सङ्गीत, संजिव बराइलीको एरेञ्ज र नरेश विविसीको मिक्सिङ एवम् माष्टरिङ छ ।
माधव शर्माको निर्देशन एवम् प्रबीन सिंहको कोरियोग्राफी रहेको गीतको भिडियोमा नायक रमेश उप्रेती र सनीशा भट्टराईलाई फिचरिङ गरिएको छ । प्रेमिलको गीतमा मायाले हार्न निदिने र बाँच्न सकिउने भाव व्यक्त गरिएको छ । दुःखैमा रहेपनि अभावै भएपनि सुखले हास्न सिकाउछ । जस्तो सुकै कठिन परिस्थितिलाई पनि मायाले सहज बनाउने यस गीतले व्यक्त गरेको छ ।
गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । नायक उप्रेती र सनीशाको जोडि निक्कै राम्रो देखिएको छ गीतको भिडियोमा । उत्सव दाहालको छयांकन, विकास दाहालको दृश्य सम्पादन रहेको गीतको भिडियोमा सविना गुरुङको श्रृङ्गार छ । गीतको भिडियो हरिभक्तको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
एक दर्जनभन्दा बढी पुस्तक प्रकाशन गरेका हरिभक्त गीत लेखनमा पनि त्यतिकै सक्रिय छन् । उनका थुप्रै गीत लोकप्रिय छन् । तेह्रथुममा जन्मिएका गीतकार बुढाथोकी त्यहाँका पहिलो नाटककारसमेत छन् । ड्राइभिङसम्बन्धी पुस्तकका पहिलो लेखक रहेका उनि रोटरी डिस्ट्रिक्ट ३२८२ गानका रचनाकार र पतञ्जली योगगानका रचनाकारसमेत हुन् ।
https://www.youtube.com/watch?v=3uqFl_aeSNY
FACEBOOK COMMENTS