काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई सिफारिस गरिएको छ।
शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मोरङका कार्कीलाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो।
त्यस्तै बैठकले डा. राजीव सुब्बा र गुरु वाग्लेलाई सदस्यमा आयोगको सदस्यमा नियुक्त गरेको छ।
आयोगमा लामो समयदेखि प्रमुख आयुक्त र सदस्य रिक्त रहँदै आएको थियो।
संवैधानिक परिषद्बाट सिफारिस भएका तीनजनाकै अब संसदीय सुनुवाइ हुनेछ। संसदीय सुनुवाई समितिबाट क्लिन चिट पाएपछि राष्ट्रपतिले उनीहरूलाई नियुक्ति गर्नेछन्।