काठमाडौ । मञ्जुश्री फाइनान्स लिमिटेडको बुटवल शाखाले नेपाल नियमित रक्तदाता संघसँगको साझेदारीमा बुटवल–७, दीपनगरस्थित सिद्धेश्वरी लालकुमारी माध्यमिक विद्यालय परिसरमा रक्तदान कार्यक्रम, मधुमेह परीक्षण तथा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा ८० जनाले रक्तदान गरेका छन् भने २९२ जनाले विभिन्न विशेषज्ञ चिकित्सकसँग निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका थिए । स्वास्थ्य शिविरमा डा। सुमन पौडेल नाककानघाँटी विशेषज्ञ, डा। राजीव शाह (स्त्री रोग विशेषज्ञ) डा। पटलगिरी ९आन्तरिक रोग विशेषज्ञ० र डा। सम्राट पराजुली ९स्त्री रोग विशेषज्ञ० जस्ता चिकित्सकहरूले सेवा प्रदान गरेका थिए ।
कार्यक्रमको अध्यक्षता दयाबहादुर शिल्बालले गर्नुभएको थियो । विशिष्ट अतिथिमा शाखा प्रबन्धक सुबास अर्याल, वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी र नेपाल नियमित रक्तदाता संघका महासचिव दीपक अधिकारी रहेका थिए । शाखा प्रबन्धक सुवास अर्यालले मञ्जुश्री फाइनान्स सामाजिक उत्तरदायित्वमा प्रतिबद्ध रहेको उल्लेख गर्दै यस प्रकारका कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । डा। सुमन पौडेलले स्वास्थ्य प्रति सचेतना र नियमित स्वास्थ्य परीक्षणको महत्त्वमा जोड दिनुभयो ।
स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता र चिकित्सकको सेवाभावनाले उक्त कार्यक्रम सफल भएको आयोजक नेपाल नियमित रक्तदाता संघले जनाएको छ ।
FACEBOOK COMMENTS