![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकार एक दिन बन्द हुने भएको छ ।
यहि चैत्र ७ गते बुधबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त एक दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो ।
केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्टुरेण्ट भने नियमित सञ्चालनमा रहने छ ।
केबलकारको नियमित सेवा २०८० चैत्र ०८ गते बिहिबार देखि पुन:सञ्चालनमा आउने छ ।
FACEBOOK COMMENTS