काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सातै प्रदेशको एक स्थानमा सडक मानवको उद्धारको लागि एक एक वटा गाडीको व्यवस्थापन गर्ने बताएका छन ।
सोमबार काठमाडौँमा मानवसेवा आश्रमले सुरु गरेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८० को समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘राज्यले गर्नु पर्ने काम तपाईहरुले गरिरहनु भएको छ । यसले राज्यलाई ठुलो योगदान र नयाँ संकलप लिन प्रेरित गरेको छ । ’
प्रधानमन्त्रीले संघिय संसदको आउँदो अधिवेशनमा सडक आश्रित मानवको समुचित व्यवस्थापन गर्न विधेयक पेश गर्ने प्रतिवधता समेत व्यक्त गरेका छन् । सडक आश्रित मानवको व्यवस्थापन गर्न संघ, प्रदेश र स्थानीय तहमा बजेट विनियोजन गर्न आवश्यक पहल गर्ने उनले बताए ।
उनले थपे, ‘मानव सेवा आश्रमलाई सरकारी तथा सार्वजनिक जग्गा , भवनको प्रयोग तथा संरचनाको प्रयोग र आवश्यक सहायोग गर्न नेपाल सरकार तयार रहेको छ । अभियानताहरुकोलागि समाजिक कल्याण परिष्द मार्फत उपल्बध गाराउने नितिगत व्यवस्था अनुसार कार्य हुनेछ । ’
प्रधानमन्त्रीले सरकारले गरेको घोषण १ मोहिना भित्र पुरा हुने विश्वाससमेत दिलाएका छन् ।
यो पनि पढ्नुहोस्–
मानवसेवा आश्रमको ‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८०’ सम्पन्न (तस्बिरहरु)
FACEBOOK COMMENTS