काठमाडौं । असाधारण बिक्री, बजार हिस्सा र ग्राहक सन्तुष्टि लगायतका उपलब्धिहरूको कदर स्वरूप द एमएडब्लू अर्थमुभर्स प्रालिले दक्षिण एसिया क्षेत्रका लागि डिलर अफ द इयर २०२५ प्राप्त गरेको छ ।
यो उपलब्धि हासिल गर्न आवश्यक पर्ने निरन्तरको सहयोगका लागि सेवाहरूमा विश्वास राख्ने सबै ग्राहकहरू धन्यवादका पात्र भएको कम्पनीले जनाएको छ ।
कम्पनीलाई ग्राहम म्याकडोनाल्ड र दीपक शेट्टीले संस्थाका तर्फबाट उक्त अवार्ड प्रदान गरेका छन् ।
नवप्रवर्तन र उत्कृष्ट सेवाहरूप्रति कम्पनीको समर्पणले सबै सरोकारवालाहरूलाई असाधारण मूल्य प्रदान गर्दै उद्योगका मापदण्डहरू अझै उच्च बनाउन उत्प्रेरित गरेको जनाएको छ ।
FACEBOOK COMMENTS