काठमाडौं । एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. एक करोड एघार लाख योगदान गरेको छ ।
यसमार्फत देश पुन:स्थापना र पुनर्निर्माणको प्रक्रियामा अघि बढिरहँदा एमएडब्लू ग्रुपले नेपाली जनतासँग आफ्नो ऐक्यबद्धता जनाएको छ ।
फ्ल्यास फ्लडबाट भएको क्षतिको प्रभाव देशभरका विभिन्न समुदायमा परेको छ र पुन:स्थापनाको यात्रा सहज हुने छैन ।
प्रभावित परिवारलाई तत्काल सहयोग र राहत पुर्याउने उद्देश्यले स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत यस योगदानले आफ्नो जीवन पुन:निर्माण गरिरहेका परिवारलाई केही राहत र सहयोग पुग्ने एमएडब्लू ग्रुपले विश्वास लिएको छ ।
यस योगदानबारे बोल्दैएमएडब्लू ग्रुपका अध्यक्ष विष्ण्ॉ कुमार अग्रवालले भन्नुभयो, “यस्ता कठिन परिस्थितिमा कम्पनीले सधैँ राष्ट्र र नेपाली जनताको साथमा उभिने र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रयास गर्दै आएको छ।” उहाँले थप्नुभयो, “मानिसहरूले गुमाएको पीडा कुनै पनि योगदानले मेटाउन सक्दैन। तर, अत्यन्त कठिन समयबाट गुज्रिरहेका परिवारलाई यस सहयोगले केही राहत प्रदान गर्ने एमएडब्लू ग्रुपको आशा छ ।”

नेपालले संकटको सामना गरेका हरेक कठिन समयमा एमएडब्लू ग्रुपले प्रभावित नागरिकको साथमा उभिएर आफ्नो तर्फबाट सहयोग गर्दै आएको छ । यसपटकको योगदान पनि त्यही भावनाको निरन्तरता हो ।
कम्पनीले बाढीका कारण आफ्ना प्रियजन गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घर तथा जीविकोपार्जनका साधन गुमाएका सबैप्रति गहिरो सहानुभूति प्रकट गरेको छ ।