काठमाडौं । नेपालका लागि डोङफेङ इलेक्ट्रिक सवारी साधनका आधिकारिक वितरक एमएडब्लु वृद्धिले दाङ्गमा नयाँ, अत्याधुनिक डोङफेङ शोरूमको उद्घाटन गर्दै पश्चिम नेपालमा इलेक्ट्रिक मोबिलिटी विस्तारमा महत्वपूर्ण कदम उठाएको छ । राप्ती अटोमार्ट प्रालि सँगको साझेदारीमा सम्पन्न उद्घाटन कार्यक्रममा स्थानीय प्रतिष्ठित व्यक्तित्व, अटोमोबाइल पारखी र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिती रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा एफएनसिसीआई दाङ्गका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ तथा विशेष अतिथिका रूपमा डोङफेङ मोटर इन्डस्ट्रि इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनी लिमिटेडका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक हे जिक्सिन उपस्थित थिए । एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरिया र एमएडब्लु वृद्धि मोटर्सका प्रमुख कार्यकारी अधिकृत प्रशन्न पन्त पनि कार्यक्रममा सहभागी भई अवसरलाई विशेष बनाए ।
शोरूम उद्घाटनसँगै, बहुप्रतीक्षित स्मार्ट इलेक्ट्रिक एसयुभी नामी भिगो सार्वजनिक गरिएको छ। क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा आधारित यो एसयुभीमा ९९ किलोवाट मोटर, ३५० किलोमिटर डब्ल्यूएलटीपी रेन्ज, लेभल–२ एडास सुरक्षा प्रणाली, अल्ट्रा–फास्ट चार्जिङ (१८ मिनेटमा ३०–८०%) लगायत सुविधाहरू रहेका छन् ।
एमएडब्लु वृद्धि र राप्ती अटोमार्टले टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प पनि सञ्चालनमा ल्याएका छन्। ग्राहकहरूले सीमित अवधिका विशेष लाभहरू, पुराना सवारीको मूल्याङ्कन, नि:शुल्क अटो प्लस बीमा र ७ किलोवाट फास्ट चार्जर सहितको डुअल–चार्जिङ समाधानको सुविधा प्राप्त गर्न सक्नेछन् ।
नयाँ शोरूमले डोङफेङ र सेरेसका लागि क्षेत्रीय बिक्री, सेवा तथा स्पेयर पाट्र्सको सम्पूर्ण सुविधा प्रदान गर्नेछ। एमएडब्लु वृद्धिले दाङ्गवासीलाई इलेक्ट्रिक सवारी साधन अनुभव गर्न र विशेष अफरको लाभ लिन हार्दिक आमन्त्रण गरेको छ ।


