सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेशसभा सदस्य शिवराज भट्टलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका छन् ।
मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शाहको सिफारिसमा उनलाई मन्त्री नियुक्त गरे ।
नवनियुक्त मन्त्री भट्ट बैतडी जिल्लाबाट नेपाली कांग्रेसका निर्वाचित प्रदेशससभा सदस्य छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लामो समयदेखि मन्त्रीविहीन रहेको थियो ।
नवनियुक्त मन्त्री भट्टले आजै प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको सपथ लिए ।
प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् गठन तथा कार्यविभाजनसमेत गरे । कार्यविभाजन देहायबमोजिम रहेको छः

कमलबहादुर शाह, मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ।
बहादुरसिंह थापा, मन्त्री, आर्थिक मामिला मन्त्रालय ।
सुरेन्द्रबहादुर पाल, मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय ।
मेघराज खड्का, मन्त्री, सामाजिक विकास मन्त्रालय ।
हिरा सार्की, मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय ।
विरबहादुर थापा, मन्त्री, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय ।
शिवराज भट्ट, मन्त्री,उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय ।

राज्यमन्त्री

प्रकाश बम, राज्यमन्त्री,आर्थिक मामिला मन्त्रालय ।
सरस्वती खड्का,राज्यमन्त्री, सामाजिक विकास मन्त्रालय ।
निर्मलादेवी साउद, राज्यमन्त्री,भौतिक पूर्वाधार विकास मन्त्रालय ।