काठमाडौं । नाजिर हुसेन र सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘केटी हराएको सूचना’को दोस्रो टिजर सार्वजनिक भएको छ । टिजरमा फिल्मका मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रेमकथा देख्न सकिन्छ । टिजरको अन्त्यमा नाजिरलाई सृष्टिले अपहरण गरेको दृश्य देख्न सकिनछ ।
यो फिल्मको अंग्रेजी नाम ‘मिसिङ’ राखिएको छ । तीन दशकअघि टेलिफिल्म ‘उजेली’ निर्देशन गरेका दीपेन्द्र गौचनको यो निर्देशकीय कमब्याक फिचर फिल्म हो ।
यो दृश्यले पहिलोभन्दा ठीक विपरित कथा भन्छ जहाँ सृष्टिलाई नाजिरले अपहरण गरेको देखाइएको थियो । टिजरको यो प्रस्तुतिले दर्शकलाई कौतुहल तुल्याउने पक्का छ ।
आफ्नै पटकथा रहेको फिल्मलाई गौचनले निर्माण गरेका हुन् । फिलममा संजय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रीना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । अमितेष शाह विशेष भूमिकामा छन् ।
यो फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह(कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता छन् ।

