काठमाडौं । सरकार र जेनजी आन्दोलनकारी आज १० बुँदे सम्झौता भएको छ । आज साँझ सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
आज सिंहदरबारमा प्रधामन्त्री सुशीला कार्की र जेनजी आन्दोलनका प्रतिनिधिबीच सम्झौतामा भएको हो । सम्झौतामा प्रतिनिधिसभा विघटनलाई सम्झौताले ‘जनविश्वास गुमाइसकेको सभा’ का रूपमा उल्लेख रहेको छ ।
आन्दोलनको बलमा निर्वाचन मिति घोषणा गरिएको सम्झौतामा उल्लेख छ । जेनजी आन्दोलनकारीसँगको १० बुँदे सम्झौतामा संविधान संशोधनका लागि कार्यदल गठन गर्ने र निर्वाचन प्रणाली सुधारका विषय समावेश रहेका छन् ।
राजनीतिक, नीतिगत तथा संस्थागत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको दलीयकरण र दलीय भागबन्डाका आधारमा गरिने नियुक्तिको अन्त्य लगायतका विषयमा निष्पक्ष छानबिन गरी सिफारिस गर्न एक उच्चस्तरीय आयोग गठन गर्ने उल्लेख छ ।
सम्झौतमा सार्वजनिक पद धारण गरेका व्यक्ति तथा राजनीतिक दलले आफ्ना नेताहरूको नाउँमा सार्वजनिक जग्गा, सम्पत्ति र बजेट प्रयोग गरी देशभर सञ्चालन गरेका प्रतिष्ठान, कोष, ट्रस्ट, परिषद, केन्द्र जस्ता निकायको कार्य तथा आर्थिक गतिविधि छानबिन गरी सम्बन्धित संस्थाले सार्वजनिक हित र उद्देश्य विपरीत वा गैरकानुनी गतिविधि गरेको पाइए यस्ता निकाय खारेज गरी सम्पत्ति राष्ट्रियकरण गर्ने सम्झौतामा उल्लेख छ।

FACEBOOK COMMENTS