काठमाडौं । विगत आठ वर्षदेखि पोखराको दोभिल्लास्थित माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा सञ्चालन गर्दै आएको माउन्टेन ग्लोरी लिमिटेडले सर्वसाधारणमा साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । सो आईपीओ जारी गर्नका लागि माउन्टेन ग्लोरीले लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी लक्ष्मी सनराइज क्याटिल (एलएस) निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
कम्पनीको तर्फबाट अध्यक्ष सुनील भक्त श्रेष्ठ तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ४० प्रतिशत लगानी रहेको उक्त रिसोर्टले आईपीओ जारी गरेर कोठाहरु थप गरी विदेशी होटेलसँग अनुबन्धन गर्ने र पाँचतारे होटेलकोे रुपमा सेवा उपलब्ध गराउने योजना बनाएको छ ।
हाल जारी पुँजी एक अर्ब ५० करोड रहेको माउन्टेन ग्लोरी लिमिटेडले पोखराको दोभिल्लास्थित करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको ६४ कोठासहित विषेश सुविधासम्पन्न रिसोर्टको रुपमा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा सञ्चालन गर्दै आएको छ ।
FACEBOOK COMMENTS