काठमाडौं, ३ भदौ । पछिल्लो समय राजनीतिक रुपमा खुबै चर्चा पाएकी लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री ओली केही दिनयता एउटा सनसनीपूर्ण तस्वीरका कारण भाइरल बनेकी छिन् ।
नेकपा माओवादी केन्द्रसम्बद्ध वाईसीएल कार्यकर्ता एकराज बस्नेतको गालामा चुम्बन गरेको तस्वीर एकराजकै फेसबुकबाट बाहिरिएपछि उनी अहिले भाइरल सांसदको रूपमा चर्चित बनेकी हुन् । यद्यपि उनले सार्वजनिक भएको तस्वीर आफ्नो नभएको प्रतिक्रिया दिएकी छिन् ।
हिजो बुधबार आफ्नो फेसबुकमार्फत घटनाबारे प्रतिक्रिया जनाउँदै उनले राजनीतिक प्रतिशोध साँधेर फसाउन खोज्ने झुण्डले यस्तो गतिबिधि गरकोे आरोप लगाउँदै तस्वीर आफू संलग्न भएको घटनाको नभएको स्पष्ट पारेकी छिन् । ‘हिजो एकाएक सामाजिक सञ्जालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमले चरित्र हत्या गर्ने दुस्प्रयास गरियो यसको म कडाभन्दा कडा निन्दा गर्न चहान्छु,’ उनले भनेकी छिन्, ‘एकाएक मेरो फोटो जोडेर आउँदा म आफैं आश्चर्यचकित भएकी छु । म यो घटनामा सम्बन्धित छैन र जानकार पनि छैन ।’
उनले सार्वजनिक तस्वीर आफ्नो नभई कसैले फोटोसपबाट मिलाएर प्रचार गरिएको दाबी गरिएकी छिन् ।
विमलाले बस्नेतको गालामा चुम्बन गरेको आपत्तिजनक अवस्थाको तस्वीर बस्नेतकै फेसबुक स्टोरीमा सार्वजनिक भएर भाइरल भएपछि उनले स्पष्टीकरण दिँदै फेसबुकमा लेखेकी छिन्, ‘माओवादी केन्द्र रोजेपछि केही तत्वहरुबाट ममाथि पटक–पटक आक्रमण गर्ने प्रत्यत्न गरिरहेका थिए, मुख्यमन्त्री कार्यालयमा एक हप्ता बन्धक बन्नु पनि त्यसैको उपज थियो । अहिले पनि पटक–पटक मलाई पार्टी परित्याग गर्न दवाब आइरहेको थियो । तर, म आफ्नो पार्टीप्रति प्रतिबद्ध हुँदा मेरो राजनीतिक जीवनलाई धरापमा पार्ने दुस्प्रयास स्वरुप नै मेरो चरित्र हत्या गर्न खोजिएको हो । यसमा कोही पनि भ्रममा नपर्न अनुरोध गर्दछु ।’
यस्तो छ बिमलाको पूर्ण स्पष्टीकरण–
FACEBOOK COMMENTS