काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन धादिङकोे गल्छीमा रहेको ‘त्रिशूली बिच रिर्सोट’सँंग विभिन्न सेवासुविधाहरुमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।
सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले यस रिर्सोटमा बसाई तथा खानामा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले बैंकको मान्य डेबिट कार्ड÷ प्रिभलेज कार्ड पेश गर्नुपर्ने छ वा बैंकको मोबाइल तथा इन्टरनेट बैंकिङ्गद्वारा गर्न भुक्तानी गर्नु पर्ने छ ।
साथै, बैंकले नेपालमै टिक्न सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाका लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।