काठमाडौं । सानिमा क्यापिटलले आजदेखि ‘सानिमा फ्लेक्सि फन्ड’ निष्कासन गरेको छ ।
सानिमा फ्लेक्सि फन्ड (खुलामुखी) ले ४ करोड इकाई बिक्री खुला गरेको हो । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।
क्यापिटलले १ करोड ३० लाख इकाई कोष प्रवर्धक सानिमा बैंक र २० लाख इकाई योजना व्यवस्थापक कम्पनी सानिमा क्यापिटललाई सुरक्षित गरेको छ । २ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको छ ।
यसमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा फागुन २० गतेसम्म आवेदन दिन सकिनेछ ।
यसमा न्यूनतम १०० देखि अधिकतम ४० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।
FACEBOOK COMMENTS