काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ताहरुको कर्पोरेट क्लव एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ ।
चितवनको नारायणगढमा असोज २ देखि ४ गतेसम्म ३ दिन चलेको कार्यक्रम ज्ञान, सम्मान, उल्लास र उत्सवले भरिपूर्णका साथ भब्य रुपमा सम्पन्न भयो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई कार्यक्रमको उद्घाटन गरेका थिए ।
उद्घाटन पछि कार्यक्रमलाई सम्बोधनका क्रममा प्रमुख कार्यकारी अधिकृत प्रसाईले अभिकर्ता पेशा अंगालेर उत्कृष्ट व्यवसाय गर्नुहुने अभिकर्ता लिडरहरुलाई कम्पनीले काम उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरेको बताए । यस प्रकारका सम्मानले अभिकर्ता लिडरहरुमा आत्मसम्मानका साथ अझ थप व्यवसायिक सफलता हासिल गर्न हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे ।
आगामी दिनमा पनि अभिकर्ताहरुलाई उच्च मनोबलका साथ व्यवसाय गर्न कम्पनीका तर्फबाट साथ, सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे । आर्थिक वर्ष २०८२–८३ को सफलताको उत्सव मनाइ रहँदा आर्थिक वर्ष २०८३–८४ मा तयारी जीतको वर्षका रुपमा अर्को सफलताको मानांक बनाउन सबै सहभागीहरुमा उत्प्रेरणा प्रदान गरे ।
कम्पनीका नेसनल सेल्स हेड तथा नायब महाप्रबन्धक सोन बहादुर मगरले आफ्नो सम्बोधनका क्रममा आर्थिक वर्ष २०८२–८३ को सफलताले आर्थिक वर्ष २०८३–८४ को तयारी जीतको लक्ष्य एचिभ हुनेमा ढुक्क रहेको बताए ।

कार्यक्रममा आचार्य राजा बाबु साहको पावर अफ माइन्ड सेट फर विजनेस ग्रोथ ट्रेनिङ सेसनले अभिकर्ताहरुको व्यवसायीक क्षमता बृद्धि गर्न उर्जा प्रदान गरेको थियो ।

कम्पनीका व्यवस्थापक, अभिकर्ताहरु गरी देशैभरीबाट करिब २०० जनाको कार्यक्रममा उपस्थिति रहेको थियो । आर्थिक वर्ष २०८२–८३ उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई कम्पनीको कर्पोरेट क्लव अवार्ड कार्यक्रम भब्य कार्यक्रमका बीच सम्मान गरेको थियो ।
कम्पनीले अभिकर्ताहरुलाई निरन्तर रुपमा विभिन्न प्रकारका मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरु उत्कृष्ट रुपमा गर्दै आइरहेकोछ ।