काठमाडौं । एसिड आक्रमणबाट बाँच्न सफल भएकी बसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान शुरु गरुेको छ ।
बसन्ती परियार एक यस्ती महिला हुन् जसलाई पीडकले एसिड मात्र छर्केन, ६ पटकसम्म चक्कु प्रहार गरेर मरणासन्न हुने गरी उनको जीवन नै समाप्त गर्ने उद्देश्यले आक्रमण गर्यो । एसिड आक्रमणबाट बाँच्न सफल उनी अब एउटा पिडितको रुपमा होइन बहादुरी जीवनयापकको रुपमा आफ्नो पहिचान बनाउन चाहन्छिन् ।
थप, विगतका पीडाहरुलाई भुल्न नसके पनि बसन्ती ती पीडाहरुविरुद्ध लड्ने आँट भएकी प्रेरणादायक महिलाको रुपमा अघि बढिरहेकी छिन् । बसन्तीको आँट, साहस, बहादुरी र आत्मविश्वासी अभियानलाई साथ दिन नबिल बैंकले यो पहल गरेको हो ।
यो अभियानमार्फत नबिलले मानिसको भित्री रुपको शक्ति र सामथ्र्यलाई जोड दिने सन्देश सहित यो अभियान मार्फत सौन्दर्यलाई नयाँ तरिकाले चित्रण गर्ने उद्देश्य राखेको छ । यसबाहेक, नबिल एसिड आक्रमणको अँध्यारो र उज्यालो पक्षहरूलाई उजागर गर्ने प्रयास गर्दैछ ।
यो अभियानको सुरुवात गर्न बैंकले बसन्तीलाई चित्रण गर्ने सचेतनामूलक भिडियो तयार गरेको छ । बसन्ती मोडेल मात्र होइनन्, प्रेरणादायी पात्र हुन् भन्ने सन्देशसहितको नबिलको यो अभियानले एसिड आक्रमण जस्ता आपराधको अन्त्यका लागि एक सामूहिक सन्देश दिन खोजेको छ ।
यो सन्देशमुलक अभियान आगामी दिनमा पनि जारी रहने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS