काठमाडौं, असोज १४ – अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघ (एफआइए) को रिजन दुई (एसिया प्यासिफिक) कार्यकारी समितिमा नासा नेपाल निर्वाचित भएको छ ।
भर्चुअल माध्यमबाट बुधबार भएको निर्वाचनमा भियतनामका ग्रेग क्राफ्ट अध्यक्ष तथा तीन उपाध्यक्षमा भारतीय अटोमोबाइल्स संघ (एफआइएए), अटोमोबाइल्स एसोसिएसन अफ सिगापुर र इकितान मोटर इन्डोनेसिया विजयी भए ।
यसैगरी अस्ट्रेलियन अटोमोबाइल एसोसिएसन सचिव तथा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) कोषाध्यक्षमा निर्वाचित भएको नासा नेपालले जनाएको छ ।
नासा नेपालका तर्फबाट निर्वाचनमा सहभागी भएका पूर्व महासचिव गोविन्द भट्टराईले समितिमा नेपालको प्रतिनिधित्व गर्ने नासा नेपालका महासचिव सुशील तण्डुकारले जानकारी गराएका छन् ।
FACEBOOK COMMENTS