काठमाडौं । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) ले आफ्ना सदस्यहरूलाई विभिन्न उत्पादन र सेवामा प्रिभिलेज सुविधा दिने क्रममा अर्को एक संस्थासँग पार्टनरशीप सुरू गरेको छ ।
संघले हिजो सोबार काठमाडौँको जोरपाटी दक्षिणढोकास्थित अटोएभ प्रालिसँग प्रिभिलेजसम्बन्धी सम्झौता गरेको हो ।
नेपाल अटोमोवाइल्स एसोसिएसनका सचिवालय सदस्य यदुराज लामिछाने र एटोएभका सञ्चालक मदुसुदन सिग्देलले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।
यस सम्झौता अन्तर्गतको एसोसिएशनका नियमित शुल्क बुझाउने सबै किसिमका सदस्यहरू, संघमा सूचिकृत भएका खेलाडी तथा प्राविधिकहरूले वर्कशप सर्भिसमा २० प्रतिशत र सबै किसिमको पार्टस्मा १५ प्रतिशत छुट सुविधा पाउने छन् । सो सुविधा सबै किसिमका संस्थागत सदस्यहरू, संघमा आवद्ध क्लप तथा कर्पोरेटहरू समेत सो सुविधाको उपयोग गर्न सक्ने बताइएको छ ।
त्यसका लागि संघको प्रिभिलेज कार्ड अनिवार्य हुनेछ, जसको व्यवस्थापन मोटरिङ्ग नेपाल तथा टुरमाण्डु नेपालले सुरू गरेको छ ।
FACEBOOK COMMENTS