काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान)का सदस्य एवं प्रवक्ता छुम्बी लामालाई फिर्ता बोलाएको छ । सोमबार राखेपले प्रवक्ता लामालाई पत्र लेख्दै फिर्ता बोलाइएको जानकारी गराएको हो ।
यो निर्णय कार्यान्वयन गरेर जानकारी गराउन क्यानलाई निर्देशन समेत दिइएको छ । नेपाल क्रिकेट संघको विधान २०५५ को परिच्छेद २ को दफा ३ उपदफा (४) मा राखेपबाट संघको पदेन सदस्यमा पदमा मनोनयन गर्ने व्यवस्था छ ।
उक्त व्यवस्थाअन्तर्गत राखेपले ०८० चैतमा लामालाई मनोनयन गरेको थियो । तर, उनलाई दुई वर्षमै फिर्ता बोलाइएको हो ।
क्यानको नयाँ कार्यसमितिले लामालाई प्रवक्ताको जिम्मेवारी दिएको थियो । लामा अघिल्लो कार्यसमितिमा पनि राखेपको सिफारिसबाट सदस्य बनेका थिए ।