काठमाडौं । प्रतिनिधि सभाका प्रभावशाली स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले ६ वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको एनसेलको शेयर गलत मनसाय राखेर खरिदविक्री भएको दाबी गरेका छन् ।
आज आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले गलत मनसायका साथ ६ अर्बमा एनसेलको शेयर खरिदबिक्री भएको दाबी गरेका हुन् ।
एनसेल खरिदबिक्री यूकेमा गरेर नेपालमा तिनुपर्ने क्यापिटल गेन ट्याक्स छली गरिएको एनसेलमा ठूलो चलखेल भएको उनको दाबी छ । ‘जम्मा पाँच मिलियनमा किनेको ६ महिनापछि दिँदा हुने, बाँकी ४५ मिलियन डलर छ, त्यो चार वर्षमा दिँदा हुन्छ । यस्तो खरिद–विक्री कहीँ पनि हुँदैन । यो सबै ठगी हो,’ उनले भने ।
एनसेलको शेयर विक्री शंकास्पद रहेको भन्दै उनले उक्त शेयर ५० मिलियन डलरमा विक्री भएको सत्य हो भने आफू ६० मिलियन डलर दिन तयार रहेको उनले बताए । उनले एनसेलको शेयर विक्रीको सम्झौतापत्रमा पाँच मिलियन डलर खरिद भएको ६ महिनापछि र अरु बाँकी ४५ मिलियन डलर चार वर्षभित्र भुक्तानी गर्ने सहमति रहेको दाबी छ । सम्झौता शंकास्पद रहेको बताउँदै उनले यस्तो प्रकारको खरिद–विक्री हुनै नसक्ने बताए ।
यसअघि पनि एनसेलको बारेमा आन्तरिक राजस्वका महानिर्देशकले क्यापिटल गेन ट्याक्स लिनुपर्दैन भनेको र इन्टरनेशनल ट्रिबुनलबाट नेपालले जितेपछि ४३ अर्ब नेपाललाई राजस्व आएको घट्ना स्मरण गराउँदै उनले अहिलेको खरिदबिक्री पनि गलत मनसायका साथ भएको दाबी गरेका हुन् । एनसेलको शेयर बिक्रीमा नेपालका नेताहरूको पनि संलग्नता रहेको उनको भनाइ छ । उनले एनसेलको शेयर बिक्रीमा नेताहरूलाई अर्बमा फाइदा भए पनि नेपाली जनतालाई भने खरबौं घाटा लागेको उनको तर्क छ ।
नेताहरूको भ्रष्टाचारकै कारण गणतन्त्र खतरामा रहेको पनि उनले बताए । आजियाटाको ग्रुप सीईओले आफूसँग नेपालको नेताहरूका कारणनै विदेशी लगानी भित्रिन नसकेको भनेर भनेको पनि सांसद सिंहले स्मरण गराए । नेताहरूको लिडरशीपका कारण नेपालमा विदेशी कम्पनीहरूले इमानदारीपूर्वक काम गर्न नसकेको उनले बताए । एनसेलको शेयर बेच्ने अभ्यास एक वर्षदेखि राजनीतिक दलका नेता, सरकारका पदाधिकारीलगायतको मिलेमतोमा भएको उनको दाबी छ ।
‘केही बिजनेस माफिया, राजनीतिक दलका नेताहरू, सरकारका अधिकारीहरू मिलेर यो काम भएको हो । एक वर्षदेखि यो नेपाल सरकारलाई सन् २०२९ मा कसरी ह्याण्ड–ओभर नगर्ने, त्यसका लागि प्रयास भयो,’ उनले भने ।
६ अर्बमा कम्पनी विक्री भए पनि एनसेलले नेपालका तीन वटा बैंकबाट ४० अर्ब ऋण लिएको उनले बताए । एनसेलका भ्यालुएसन ६ अर्बमात्रै हो भने ऋण प्रवाह गर्ने बैंकहरूलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए ।
एनसेलले नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आइएमई र स्ट्यान्डर्ड चार्टर्स बैंकबाट ४० अर्ब ऋण लिएको उनले दाबी गरे । एनसेल ६ अर्बमा विक्री भयो भनेर पत्याउन नसकिने उनले बताए । नेपालको कर छली गर्नलाई सरकारकै मिलेमतोमा यूकेमा सो सम्झौता भएको उनले बताए । यूकेसँग नेपालको दोहोरो कर सम्झौता रहेको उनले बताए । सोही सम्झौताको फाइदा उठाउँदै खरिद विक्री सम्झौता यूकेमा भएको उनको भनाइ छ ।
आजियाटासँग एनसेलको ८० प्रतिशत शेयर किनेका सतिशलाल के भन्छन् ?
आजियटालाई दूरसञ्चार प्राधिकरणले सोध्यो– शेयर बिक्रीपूर्व किन जानकारी नदिएको ?
एनसेलको शेयर बेच्ने निर्णयविरुद्ध अदातलले बोलायो दुबै पक्षलाई छलफलमा
FACEBOOK COMMENTS