काठमाडौं । एनसेलको सेयर खरिद बिक्री सम्बन्धमा सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले मंगलबार राति विज्ञप्ति जारी गर्दै आधिकारीक धारणा सार्वजनिक गरेको हो । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद बिक्रीका सम्बन्धमा प्रकाशित समाचारप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एनसेलको शेयर खरिद बिक्रीपछि उब्जिएका प्रश्न, अब एनसेलको दायित्व के हुन्छ ?
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारी समेत नगराई अस्वाभाविक प्रावधान र मूल्यमा भएको सेयर खरिद बिक्री भएको देखिने यो कारोबारका सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्रीले सोमबार सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जारी विज्ञप्तिमा उल्लेख छ ।
एनसेलको सेयर खरिद बिक्री प्रकरणः छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष
‘सरकारले एनसेलको सेयर खरिद बिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवम् यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्नेछ’ जारी विज्ञप्तिमा उल्लेख छ ।
एनसेल बिक्रीबारे सरकार अनविज्ञ, अर्थमन्त्रीले दिए यस्तो प्रतिक्रिया
अध्ययन तथा छानबिनबाट अनियमितता भएको पाइएमा सरकारले सम्बन्धित सबैलाई तत्काल कानुन बमोजिम कडा कारवाहीको दायरामा ल्याउने जनाएको छ ।
FACEBOOK COMMENTS