काठमाडौं । काठमाडौंको टेकु क्षेत्रमा रहेको एक प्लास्टिक गोदाममा आगलागी भएको छ ।
आगो नियन्त्रणमा लिन दमकल तथा सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।
आगो नियन्त्रणका लागि दमकलले प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
आगलागीको कारण र भएको क्षतिको विवरण भने आउन बाँकी छ ।
