काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ अस्पताल प्रालिको सेवामा छुट हुने भएको छ ।
सिद्धार्थ बिजनेसअन्तर्गत देशभर रहेका २५ वटा होटेल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।
सम्झौताबमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारी र कर्मचारीका परिवारका सदस्यलाई सिद्धार्थ बिजनेस ग्रुप अफ अस्पताल प्रालि अन्तर्गत सातै प्रदेशमा रहेका २५ वटा होटेल, रिसोर्ट, रेस्टुरेण्ट तथा क्याफेहरूले प्रदान गर्ने विविध सेवामा लाग्ने शुल्कमा बिल रकमको १० देखि २५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौतापत्रमा जेठ २८ गते बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिको तर्फबाट व्यवसाय प्रबन्ध निर्देशक दुर्गादत्त पन्तले हस्ताक्षर गरे ।