काठमाडौं । नेपालले भुटानलाई ३५९ रनको लक्ष्य दिएको छ ।
जारी एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाउदै ३५८ रन बनाएको हो ।
नेपालका लागि रौनक श्रीवास्तवले अविजित १६८ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै जोय थापाले अविजित ६१ रन बनाए भने शिवांश बजगाईंले ५४ र सुगम बुढाथोकीले ३५ रन बनाएका थिए । त्यस्तै भुटानका बलर सांगे दोर्जीले ३ विकेट लिएका थिए ।
FACEBOOK COMMENTS