काठमाडौं । नेपाल वित्तीय संस्था संघको नयाँ कार्यसमितिको अध्यक्षमा रजोज मान श्रेष्ठ निर्वाचित भएका छन् ।
काठमाडौंमा सम्पन्न संघको ३० औं तथा ३१ औं वार्षिक साधारण सभाबाट सेन्ट्रल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
संघको उपाध्यक्षमा नेपाल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया र महासचिवमा प्रोग्रेसिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरूमा गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङ र इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल जोशी चयन भएका छन् । साधारण सभाले संघका विगतका गतिविधि तथा प्रगतिको समीक्षा गर्दै नयाँ कार्यसमिति चयन गरेको हो ।