रोजल शाही
संस्थापक, रिगल फिटनेस क्लब, कमलपोखरी
काठमाडौं । आगामी भदौ १४ गते ‘नेपाल फिटनेस एक्स्पो, २०२५’ आयोजना हुने भएको छ । क्लासिक फिटनेस र रिगल इभेन्टले होटेल मल्लमा संयुक्तरूपमा एक्स्पो आयोजना गर्न लागेको हो ।
फिटनेससम्बन्धी बिजनेस कनेक्सन र नेटवर्किङ ग्रोथ गर्न नेपाल फिटनेस एक्स्पो, २०२५’ आयोजना गर्न लागिएको आयोजक संस्थाअन्तर्गतको रिगल फिटनेस क्लबका संस्थापक रोजल शाहीले जानकारी दिए ।
नेपालमा फिटनेससँग सम्बन्धित अन्य कुनै एक्स्पोहरू आयोजना नभएको विद्यमान अवस्थालाई दृष्टिगत गरी नेपालको फिटनेस बजारलाई बढाउन, अझै राम्रो सेवासुविधा उपलब्ध गराउने वातावरण सृजना गर्न तथा नेपालको फिटनेस मार्केटलाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउनका लागि एक्स्पो आयोजना गर्न लागिएको उनको भनाइ छ ।
एक्स्पोमा फिटनेससम्बन्धी वस्तु तथा सेवा आयात गरी सप्लाइ गर्ने आधिकारिक संस्था र फर्महरूको उल्लेख्य सहभागिता रहने शाहीले जानकारी दिए । उनका अनुसार एक दिनको उक्त एक्स्पोबाट फिटनेससम्बन्धी बिजनेस कनेक्सन र नेटवर्किङ ग्रोथ गर्न तथा फिटनेस व्यवसायमा नयाँ आउन लागेका युवायुवतीहरू बढी लाभान्वित हुने छन् ।
एक्स्पोमा फेसन शो र अन्य वर्कसपहरू पनि आयोजना गरिने भएकाले इभेन्टको माहोललाई रमाइलो र पारिवारिक बनाउने संस्थापक शाहीको भनाइ छ । यिनै विषयमा केन्द्रित रहेर आयोजक समेत रहेका रोजल शाहीसँग कर्पोरेट खबरले गरेको कुराकानीको सम्पादित अंश–
तपाइँहरूले भदौ १४ गते गर्न लाग्नुभएको ‘नेपाल फिटनेस एक्स्पो, २०२५’ बारे विस्तृत जानकारी गराइदिनुहोस् न ?
नेपालमा फिटनेस भन्नेवित्तिकै बडी बिल्डिङ सोच्ने गरिन्छ । फिटनेस भनेको बडी बिल्डङ मात्रै होइन स्वस्थ जीवन जिउनु पनि हो । त्यसैका लागि हामीले आगामी भदौ १४ गते ‘नेपाल फिटनेस एक्स्पो, २०२५’ आयोजना गर्न लागेका हौँ । नेपालमा फिटनेससँग सम्बन्धित अन्य कुनै एक्स्पोहरू नभएको अवस्थामा हामीले यो अवधारणा बनाएका हौँ ।
बिजनेस कनेक्सन र नेटवर्किङ ग्रोथ गर्न ‘नेपाल फिटनेस एक्स्पो, २०२५’ आयोजना गर्न लागिएको हो । यसले बिजनेस दिन र लिन दुइवटै पक्षलाई सघाउ पुर्याउने छ । फिटनेससँग सम्बन्धित सामग्रीहरू शोकेस गर्ने पर्टीकुलर शोरुमहरू र उपलब्ध गराउने विशेष सप्लायर्सहरू नेपालमा खासै छैनन् । जति छ लिमिटमा मात्रै छन् । यही विषयलाई ग्रोइङ गरौँ, अझै फार बेटर बनाऔँ, इन्टरनेशनल लेभलको बनाऔँ भन्ने सोच र उद्देश्य अनुसार हामीले यो एक्स्पो आयोजना गर्न लागेका हौँ ।
यो एक्स्पोमा के–के र को–को हुनेछन् ?
यो एक्स्पोमा नेपालमा फिटनेससम्बन्धी वस्तु तथा सेवा आयात गरी सप्लाइ गर्ने आधिकारिक संस्था र फर्महरूको उल्लेख्य सहभागिता रहने छ । फिटनेससँग सम्बन्धित विभिन्न किसिमका क्रियाकलापहरूका साथै फिटनेस लभरहरूलाई लक्षित गरेर पनि हामी विभिन्न गतिविधिहरू गर्नेछौँ । विभिन्न स्टलसहितको यो ठूलो इभेन्ट हो, यसको म्यासिभ तयारी भइरहेको छ । हामी उत्साहित छौँ ।
कहाँ हुँदैछ एक्स्पो ?
हामीले मल्ल होटेलमा एक्स्पो आयोजना गर्न लागेका छौँ । इभेन्टलाई राम्रो र रमाइलो अनि पारिवारिक बनाउनका लागि हामीले यो ठाउँ रोजेका हौँ ।
आयोजक को हो ?
नेपालमा सबैखाले वस्तु तथा सेवाहरूको एक्जिविसन वा एस्क्पो भइरहेका छन् । तर, हाम्रो फिटनेस क्षेत्रमा त्यस्तो कुनै पनि एक्स्पो भएको छैन । बडी बिल्डिङ महासंघले समेत यस्तो एक्स्पो गर्ने कुनै सोच नबनाएको हामीले पाएका छौँ । तर, बजारलाई भने यो कुरा आवश्यक भइसकेको महसुस गरी हामी आफैं यो एक्स्पो घोषणा गरेका हौँ । वास्तमा यो एक्स्पो क्लासिक फिटनेस एकेडेमी र इभेन्ट म्यानेजमेन्ट कम्पनी रिगल इभेन्टले आयोजना गर्न लागेको हो ।
कति दिन चल्छ यो इभेन्ट ?
हाम्रो यो एक दिनको इभेन्ट हो ।
उद्देश्य के–के रहेका छन् ?
फिटनेसमा मार्केट जिम धेरै ग्रोइङ भइरहेको छ । तर, बिजनेसवाइज हेर्ने हो भने स्वास्थ्यसँग सम्बन्धित सामग्रीहरू, प्रोटिन सप्लिमेन्ट, इक्वेपमेन्टहरू मान्छेले भन्नेवित्तिकै किन्न पाइरहनुभएको छैन । त्यसका लागि हामीले यो इभेन्ट आयोजना गर्नुपरेको हो । काठमाडौंमा ३०० को हाराहारीमा जिम सेन्टरहरू खुलिसकेका छन् । तर, आधिकारिक प्रोटिन सप्लिमेन्ट भने नेपालभरिमा जम्मा सातवटा मात्रै छन् । उहाँहरूलाई पनि हामी यो इभेन्टमा इन्डोर्स गर्नेछौँ । यो इभेन्टमा नयाँ फिटनेस सेन्टर खोल्न चाहाने, ट्रेडमिल, क्रसप्रेनर वा फिटनेससँग सम्बन्धित कुनै बिजनेस गर्न मन भएकाहरूलाई हामी ‘मिट एण्ड रिड’ गराउँछौँ । यसका साथै भिजिटरहरूले विभिन्न स्टलका सामान हेर्न र छनोट गर्न पाउनुहुनेछ । अहिलेसम्मको अवस्थालाई हेर्दा हामीले प्लान गरेको भन्दा पनि बिग हुनेवाला छ यो इभेन्ट ।
यो इभेन्ट भिजिट गर्न आउनुहुनेहरूलाई हामी खाली हात पठाउँदैनौँ । त्यसका लागि फरक–फरक खालका क्रियाकलाप र खेलकुदका सेगमेन्टहरू राखेका छौँ । फेसन शो र अन्य वर्कसपहरू पनि हुन गइरहेको छ । जसले इभेन्टको माहोललाई रमाइलो र इन्जोयमेन्ट गराउने छ ।
यो इभेन्टबाट मानिसहरू कसरी लाभ उठाउन सक्छन् ?
जिम सेन्टर खोल्ने प्लान गर्नुभएको छ, नेपालमै वा विदेशका लागि पनि ट्रेनर बन्न मन छ, तपाइँलाई सप्लिमेन्टको व्यापार गर्न मन छ वा काठमाडौं उपत्यकाबाहिरबाट आएर काठमाडौंमा बसेर यो क्षेत्रमा केही गर्ने सोच बनाउनुभएको छ भने यो ‘नेपाल फिटनेस एक्स्पो, २०२५’ अतिउपयोगी हुन सक्छ । व्यापारिक कोणबाट नेटवर्किङ निर्माण गर्न, चिनजान गर्न, बिजनेस पोलिसीहरू लिन यो ठूलो मौका र अवसर हो, नगुमाउनुहोला ।
अन्तिममा केही थप्नुहुन्छ ?
सबैजना स्वस्थ रहनुहोस्, स्वस्थ रहनका लागि आजैदेखि जिम जोइन गर्न अनुरोध गर्दछु । आफू स्वस्थ हरनुभयो भने जीवन झन राम्रो हुन्छ ।
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS