काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ‘आईटी अब’ को महत्त्वपूर्ण हिस्सा बनेको बताएका छन् ।
बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू ‘आठौं नेपाल चेम्बर एक्स्पो २०२५’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल सूचना प्रविधिको हबका रूपमा केवल चर्चामा नभएर उद्योगकै रूपमा विकास भइसकेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले विगतको सरकारले काम नगरेपछि अहिलेको सरकारले देशलाई तीव्र विकासको गतिमा लैजाने गरी काम गरिरहेको दाबी गरे ।
उनले अघिल्लो पटक आफ्नो नेतृत्वको सरकारले पूर्वाधार विकासमा जोड दिएर महत्त्वपूर्ण आधार तय गरेको बताए ।
प्रधानमन्त्री ओलीले अहिलेको निर्यातको तथ्यांक नक्कली रहेको बताए ।
उनले भने, ‘अहिले देखिएको निर्यात नक्कली तथ्यांक हो, आफैंले उत्पादन गरेर गरेको निर्यात मात्र वास्तविक निर्यात हो ।’
FACEBOOK COMMENTS