काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत रू. ५० लाख रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ ।
बाढीबाट प्रभावित परिवारको पीडा र कठिन परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले राहत तथा पुनस्र्थापनाका प्रयासमा आफ्नो साथ र सहयोग प्रस्तुत गरेको जनाएको छ ।
यस दु:खद् घटनामा ज्यान गुमाउनेहरूप्रति कम्पनीले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ, साथै, घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनस्र्थापनाको कामना गरेको छ ।