काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको २५औँ वर्षमा प्रवेश गर्दै ऐतिहासिक उपलब्धि हात पारेको छ ।
कम्पनीले १० अर्ब बराबरको प्रथम बीमा शुल्क आर्जन गर्दै नेपाली जीवन बीमा उद्योगमा नयाँ कीर्तिमान कायम गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले यो ऐतिहासिक अवसरमा कम्पनीलाई मार्गदर्शन गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू, बीमितहरू, बीमा अभिकर्ताहरू, कर्मचारी, शेयरधनीहरू, नियामक निकायहरू तथा सबै सरोकारवालाप्रति आभार प्रकट गरेका छन् ।
सीईओ पराजुलीका अनुसार कम्पनीले हासिल गरेको यो कीर्तिमानले नेपाली बीमा बजारलाई नयाँ दिशा दिनेछ र भविष्यमा बीमा क्षेत्रमा अझ दिगो र सशक्त विकासका लागि प्रेरणा बन्नेछ ।
उनले नेपाल लाइफले प्रविधिमैत्री प्रणालीहरूको अधिकतम उपयोग गर्दै समयानुकूल नयाँ इनोभेटिभ बीमा उत्पादनहरू ल्याउने र लगानी विविधिकरणमार्फत लगानीको प्रतिफल अझै बढाउने प्रतिबद्धता व्यक्त गरे । साथै, कम्पनीले आफ्ना कर्मचारी र बीमा अभिकर्ताहरूको सीप र दक्षता अभिवृद्धिका लागि आवश्यक तालिमहरू सञ्चालन गर्दै आम नागरिकलाई अन्तर्राष्ट्रियस्तरको जीवन बीमा सेवा उपलब्ध गराउने लक्ष्य लिएको पनि उनले बताए ।

नेपाल लाइफ इन्स्योरेन्सले अहिलेसम्म नेपाली जीवन बीमा क्षेत्रमा सबैभन्दा धेरै ग्राहकको भरोसा जित्दै आएको छ । कम्पनीले हासिल गरेको यो ऐतिहासिक उपलब्धिले सम्पूर्ण बीमा क्षेत्रको विश्वासनीयता र दायरा अझ विस्तार हुने विश्वास गरिएको छ ।
