काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको निर्वाचनाम शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा निर्वाचित भएका हुन् ।
दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो । जसमा देउवाले २७३३ मत पाएका छन् भने कोइरालाले १८५५ मत पाएका छन् । ३५ मत बदर भएको छ ।
यसअघि सोमबार पहिलो चरणमा भएको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये सबभन्दा धेरै मत देउवाले ल्याएका थिए । तर बहुमत पुगेकाे थिएन । त्यसैले दोस्रो चरणमा निर्वाचन गर्नु परेको थियो ।
पहिलो चरणको मतदानमा देउवाले २२५८, कोइरालाले १७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए । दोस्रो चरणको निर्वाचनमा अध्यक्षका बाँकी तीन जना उमेद्वारले देउवालाई सहयोग गरेका थिए ।
FACEBOOK COMMENTS