काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने श्रृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो ।
यही २१ जुलाईदेखि नेदरल्यान्ड्समा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित शृंखला सुरु हुँद छ ।
