काठमाडौं । तीन दिन ओरालो लागेको बजारमा आज भने सामान्य सुधार देखिएको छ । अर्थमन्त्री वर्षमान पुन र नियामकको शेयर बजारप्रतिको सक्रियताले लगानीकर्ताको मनोबल बिस्तारै उच्च बन्दै गएको छ । लगानीकर्ता अहिले पर्ख र हेरको अवस्थामा रहेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२७ अकंले बढेर २०७३.५३ बिन्दुमा बन्द भएको छ । सोमबार३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८८ करोड ५६लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै,आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सोमबार गोर्खास फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पिपुल्स पावर, धौरागिरी लघुवित्त र पिपुल्स हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।
FACEBOOK COMMENTS