काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से परिसूचकमा उत्साहजनक वृद्धि आएको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज २७ दशमलव ७५ प्रतिशतले बढेर नेप्से परिसूचक दुई हजार २२ दशमलव ३५ विन्दुमा उक्लिएको छ ।
यस दिन २९५ धितोपत्रको एक करोड ७१ लाख ६६ हजार ४६५ कित्ता शेयर एक लाख एक हजार १२८ पटक कारोबार हुँदा पाँच अर्ब १५ करोड ७८ लाख ४६ हजार ९७९ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन गत बिहीबार ३०० धितोपत्रको ९६ लाख ३७ हजार ४५५ कित्ता शेयर ६६ हजार ९५५ पटकमा रू. ३ अर्ब १५ करोड बराबरको शेयर कारोबार भएको थियो ।
आज कारोबारमा आएका धितोपत्रमध्ये बोटलर्स नेपाल बालाजु, रिडी पावर, शिवश्री हाइड्रो, बलेफी हाइड्रो, दोर्दीखोला जलविद्युत्, विन्धबासिनी हाईड्रो, सगरमाथा जलविद्युत्, भूगोल इनर्जी, रावा इनर्जी, थ्री स्टार हाइड्रो र हाथवे इन्भेष्टमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै, अन्य १६ वटा कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ ।
आजको बजारमा १८५ कम्पनीको शेयर मूल्य बढेको छ भने ५२ वटाको घटेको छ । यस्तै, चार वटाको भने मूल्य स्थिर छ ।
FACEBOOK COMMENTS