काठमाडौं । साताकाे अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक सामान्य वृद्धि भएकाे छ । अघिल्लाे दिनकाे तुलनामा आज परिसुचकसँगै कारोबार रकम पनि बढेकाे छ ।
आज बिहिबार बजार ४.१५ अंकले बढेर बजार १८७०.६३ अंकमा पुगेकाे छ।
आज २२२ कम्पनीको २६ लाख ९८ हजार २४७ कित्ता शेयर किनबेचबाट कुल ८२ करोड ९६ लाख ४६ हजार ९२० रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन काराेबार रकमका अाधारमा सबैभन्दा धेरै नबिल बैंकको शेयर कारोबार भएको छ भने दोस्रो धेरै कारोबार हुनेमा नेपाल लाईफ इन्स्युरेन्सको शेयर रहेको छ । तेस्तै, शिवम् शिमेन्ट, रिदि पावर कम्पनीको शेयर कारेबार क्रमश तेस्रो, चौंथो र पाँचौ नम्बरमा रहेको छ ।
बिहिबार अभियान लघुवित्तकाे शेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । आज यस कम्पनीकाे शेयर मूल्य १० प्रतिशतले बढेर ६६७.९० रूपैयाँ पुगेकाे छ ।

आज हाइड्राेपावर बाहेकका सबै उपसूचक वृद्धि भएकाे छ।
