काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ८० अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार ७ सय ८६ दशमलव ४० विन्दुमा पुगेको छ । आज ३ सय २६ कम्पनीको ३ करोड ५० लाख ७ हजार ३९ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३ सय ९३ रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव १३ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव ३३ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ११ प्रतिशतले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ०२ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS