काठमाडौं । नेप्से परिसूचक बिहीबार ६.९४ अंक (०.२५ प्रतिशत)ले बढेर २,७१८.१६ विन्दुमा बन्द भएको छ । यस दिन बजारमा कुल ३३४ वटा कम्पनीको तीन लाखभन्दा बढी कित्ता सेयर ४५ हजार ६५ पटक कारोबार भयो । बिहीबार दुई अर्ब ९३ करोड १९ लाख ६८ हजार ८७७ रुपैयाँबराबरको कारोबार भएको छ ।
आजको कारोबारमा १५५ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको मूल्यमा गिरावट आएको छ । बाँकी १२ कम्पनीको मूल्य स्थिर छ ।
यसदिन स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै अर्थात १२.१९ प्रतिशत नाफा कमाएका छन् । त्यस्तै, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सको मूल्यमा चार प्रतिशतभन्दा बढीको सुधार आएको छ । तर, यसदिन फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १३.२४ प्रतिशतको उच्च गिरावट देखिएको छ । त्यसैगरी माथिल्लो लोहरे हाइड्रोपावरको मूल्य ९.१२ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा एनआरएन पूर्वाधार विकास लिमिटेड १७ करोड ६८ लाख रुपैयाँसहित शीर्ष स्थानमा रह्यो । अपि पावर कम्पनी र रिलायन्स स्पिनिङ मिल्सको पनि क्रमश: १४ करोड ३४ लाख र १४ करोड १५ लाख रुपैयाँबराबरको उल्लेख्य कारोबार भएको छ