काठमाडौं । नेपाल उधोग वाणिज्य महासंघका जिल्ला–नगर उपाध्यक्ष कृष्ण प्रसाद शर्माले नेतृत्व चयनको प्रक्रियामा खडा गरिएका सम्पूर्ण प्यानलहरुको धङधङी छोडेर आम उध्योगी व्यवसायिको पक्ष्यमा काममा फर्किनुपर्ने वताएका छन् ।
नवनिर्वाचित पदाधिकारीहरुसंगको परिचयात्मक तथा भेटघाट कार्यक्रममा उनले वर्तमान परिस्थितिमा सबै जना मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको चर्चा गर्दै प्यानलको मानसिकताबाट तत्काल मुक्त हुनुपर्ने वताएका हुन् । नेतृत्व चयन प्रक्रिया टुङ्गो लागेसँगै सबै प्यानल स्वत: खारेज भएको उनको भनाइ थियो ।
उनले सम्पूर्ण जिल्ला नगरका समस्या आफूले बुझेको र समाधानका प्रयास आजैदेखि थालिएको वताए ।
