काठमाडौं । एन आई सी एशिया बैंकले सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरेको छ । बैंकले मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण आफ्ना ऋणी ग्राहक महानुभावहरूमा परेको असरलाई मध्यनजर गर्दै कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरेको उल्लेख गरेको छ ।
यस सहुलियत पश्चात् यसभन्दा अगाडि ३ प्रतिशत भन्दा बढी प्रिमियम भएका ग्राहक महानुभावहरूको कर्जामा ३ प्रतिशत प्रिमियम कायम गरिएको छ । जसअनुसार बैंकको मंसिर महिनाको औषत आधार दर १० दशमलव ७ प्रतिशत रहेकोमा त्यसमा ३ प्रतिशत प्रिमियम थप गरी कर्जाको अधिकतम ब्याजदर १३ दशमलव ७ प्रतिशत कायम गरिएको छ ।
बैंकले ल्याएको यो नयाँ प्रिमियम दर फोन लोन र क्रेडिट कार्ड बाहेक बैंकबाट प्रवाह भएका अन्य कर्जाहरू जस्तै घर कर्जा, व्यवसाय कर्जा, सवारी कर्जा, शेयर कर्जा लगायत सम्पूर्ण कर्जाहरूमा लागू हुने व्यवस्था गरिएको छ
एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३ सय ६० शाखा कार्यालयहरू, ६ सय ५६ एटिएम, १ सय ११ वटा विस्तारित काउन्टर एवं ५५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।
FACEBOOK COMMENTS