काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र एभरेष्ट हस्पिटल प्रालिबीच बैंकका ग्राहकहरूलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी भएको छ।
उक्त समझदारी पत्रमा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ प्रमुख नरेन्द्र मैनाली र हस्पिटलका तर्फबाट प्रशासन प्रमुख दिपक चन्द्र बराल ले हस्ताक्षर गरेका छन्।
समझदारीअनुसार बैंकका ग्राहकहरूले काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलमा उपलब्ध विभिन्न सेवाहरू (आउटसोर्स सेवा, डाक्टर परामर्श तथा एम्बुलेन्स शुल्क बाहेक) मा डिजिटल माध्यमबाट भुक्तानी गर्दा अधिकतम १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। यसैगरी, शल्यक्रियामा ५ प्रतिशत र हस्पिटलको फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशत छुट उपलब्ध हुने जनाइएको छ।
यो सुविधा लिन ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ एप ‘मोबैंक’ प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ। बैंकका अनुसार यस सहकार्यले ग्राहकहरूलाई स्वास्थ्य उपचारमा आर्थिक राहत पुग्नुका साथै डिजिटल भुक्तानी प्रणालीको प्रवद्र्धन गर्दै नगदरहित कारोबारलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ।