 
			                  			              
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई ओम अध्याय रिट्रिटमा विशेष छुट उपलब्ध गराइने भएको छ ।
रिसोर्ट र बैंकबीच बिहीबार भएको सम्झौता अनुसार उक्त सुविधा पाउने भएका हुन् । यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।
उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
FACEBOOK COMMENTS