काठमाडाैं।एन आई सी एशिया क्यापिटलले सामूहिक लगानी कोष योजनाहरुबाट आर्थिक वर्ष २०८०/०८१ मा ५० करोड ७५ लाख भन्दा बढी प्रतिफल इकाइधनीलाई वितरण गर्न सफल भएको छ । उक्त प्रतिफल रकम एन आई सी एशिया डाइनामिक डेप्ट फण्डको हकमा सम्बन्धित इकाईधनीहरुलाई भदौं ९ गतेदेखि बन्दमुखी हकमा असोज ४ गतेदेखि उक्त प्रतिफल रकम सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा साेझै जम्मा हुनेगरी सुरु गरेको क्यापिटलले जनाएको छ ।
साथै विभिन्न आर्थिक वर्षहरुमा एन आई सी एशिया ग्रोथ फण्ड, एन आई सी एशिया व्यालेन्सड् फण्ड र एन आई सी एशिया डाइनामिक डेप्ट फण्डले वितरण गरिएको प्रतिफल लिन बाँकी रहेका इकाईधनीहरुको विवरण र कारणसहित एन आई सी एशिया क्यापिटलको वेभसाईटबाट प्राप्त गर्न सकिने छ ।
नियमित रुपमा प्रतिफल वितरण गर्न सफल खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” अन्तर्गत योजनाहरु समेत संचालन गरिरहेको र उक्त योजनामा अनलाईन मार्फत सहज रुपमा सहभागी हुन मिल्ने व्यवस्था मिलाइएको क्यापिटलले जनाएको छ ।
साथै क्यापिटलले आर्थिक वर्ष २०८०/०८१ मा क्यापिटलको शेयरधनीलाई ५२.५३ प्रतिशत नगद लाभांश अर्थात १० करोड ५० लाख भन्दा बढी र सामूहिक लगानी कोष योजनाहरुको इकाईधनीहरुलाई ५० करोड ७५ लाख भन्दा बढी प्रतिफल गरी जम्मा ६१ करोड २५ लाख भन्दा बढी रकम लाभांशको रुपमा वितरण गर्न सफल भएको बैंकको भनाई छ ।
FACEBOOK COMMENTS