काठमाडौं । सर्वोच्च अदालतले इन्भेष्टमेन्ट मेगा बैकका अध्यक्ष र सञ्चालक सदस्यलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
अदालतले दुवै पक्षको छलफलबाट अर्को आदेश नभएसम्म पक्राउ नगर्न आदेश गरेको हो।
न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले साउन २५ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
स्मार्ट सेल प्रकरणमा इन्भेष्टमेन्ट मेगा बैकका अध्यक्ष र सञ्चालक सदस्यलाई तत्काल पक्राउ गर्ने तयारी रहेको थियो ।
स्मार्ट सेल प्रकाणमा अनुसन्धान गरिरहेको सिआइवीले जिल्ला अदालत काठमार्डौंबाट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे तथा सदस्यहरुलाई पक्राउ गर्न अनुमति लिएको थियो ।