काठमाडौं । आसन्न प्रतिनिधि सभा सदस्यका लागि निरन्जन पुडासैनीले स्वतन्त्र उम्मेद्वारी दिने भएका छन् ।
समाजसेवीको रुपमा परिचित पुडासैनी लामो समय देखि काठमाण्डौ क्षेत्र नं ३ मा समाजसेवा र जनसरोकारका विषयमा अग्रणी भूमिका निर्वाह गर्दै आएका छन् । २०५७ साल देखि बागमती सभ्यता संरक्षण अभियानमा सक्रिय रहदै समाजसेवामा सक्रिय रहेका पुडासैनीले राजनीतिक दलहरु संकीर्ण दलीय स्वार्थमा रुमल्लिदा काठमाण्डौ क्षेत्र नं ३ मा भौतिक र सामाजिक विकास हुन् नसकेको भन्दै क्षेत्रको विकासका लागि स्वतन्त्र उम्मेद्वारी दिने तयारी गरेको जानकारी दिएका छन्।
महेन्द्र बौद्ध मावीबाट प्रवेशिका परिक्षा पास गरेर भारतको श्री विवेकानन्द कलेज बाट आइ एस्सी गरेका पुडासैनीले २०६२ साल देखि पाटीटार युवा क्लवको अध्यक्षका रुपमा योगदान पुर्याएका थिए। पाटीटार युवा क्लवको अध्यक्ष रहँदा खेलकुद ,निशुल्क ट्युसन कक्षा संचालन ,स्वास्थ्य सिविर जस्ता सामाजिक काम गरेर लोकप्रिय बनेका पुडासैनी बागमती पिडित संघर्ष समितीका अध्यक्ष समेत रहेका छन।
ब्रिलियन्ट कलेजबाट अंग्रेजी र समाजशास्त्रमा स्नातक र पशुपति बहुमुखी क्यम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका पुडासैनी देवी दत्त गुठी र पुडासैनी मैत्री समाजका महासचिव समेत हुन्। हाल नमुना बौद्ध चेस क्लवका अध्यक्ष र सहरी विकास मन्त्रालय मातहतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सामाजिक विकास अधिकृत रहेका पुडासैनीले बागमती सभ्यताको परिणाममुखी संरक्षण र क्षेत्रको समग्र विकासका लागि उम्मेद्वारी दिने तयारी गरेको बताएका छन।
FACEBOOK COMMENTS